नासा नेपाल : एक परिदृष्य 

नासा नेपाल : एक परिदृष्य 
0Shares

नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) राष्ट्रिय खेलकुद परिषद (राखेप) मा विशेष खेलकुद अन्तर्गत सुचिकृत रहेको छ । मिति २०६५ साल जेठ २२ गते नेपाल अटोमाबाईल्स स्पोर्टस एशोसिएसनको रुपमा राखेपको लगतमा ७० नं. दर्ता कायम भएकोमा गत २०८० जेठ महिनामा पारित संसोधित विधान अनुसार विशेष खेल संघको रुपमा मान्यता पाएको हो ।

स्थापनाकालदेखि नै नेपालमा साहसीक तथा पर्यटकीय खेल प्रवद्र्धनमा समर्पीत भन्ने मुल नाराका साथ सक्रिय संघले हाल Connection People: Empowering People लाई मुल नारा बनाएको छ ।

वि.सं. २०७५ जेठमा भएको नासा नेपालको साधारणसभा तथा निर्वाचनबाट चयन भएको केन्द्रिय कार्यसमितिको म्याद सकिएको अवस्थामा, राष्ट्रिय खेलकुद ऐन २०७७ एवं नियमावली २०७९ लागु भएको वर्तमान अवस्थामा राष्ट्रिय खेलकुद परिषदद्वारा मिति २०८० वैशाख २१ गते नयाँ तदर्थ समितिको निर्माण गरि विधान संसोधन, सांगठनिक संरचना तथा निर्वाचन समेत सम्पन्न गर्ने अख्तियारी दिइएको हो । उक्त समितिको अध्यक्ष र महासचिवमा क्रमशः दशरथ रिसाल एवं ई सुशील तण्डुकार तथा सदस्यहरुमा डा बुलन्द थापा, सिताराम न्यौपाने, अनिल बराल, सन्तोष न्यौपाने, निरज खड्का, विनोद तण्डुकार, दिप्रश शाक्य, धान्यमणी नेपाल, ई महेश अधिकारी, सञ्जु बज्राचार्य, ई चाँदमाला मास्के, प्रज्ञा अधिकारी, यदुराज लामिछाने, भिक्ट्री थापा र रमेश सिलवाल रहेका छन् ।

संघले यही साउन १३ गतेका दिन नवौं साधारण सभा तथा निर्वाचन कार्यक्रम गरिरहेको छ । राखेपद्वारा गठित निर्वाचन समितिले सम्पन्न गर्ने सो निर्वाचन प्रक्रियामा केन्द्रीय तदर्थ समितिबाट १७ जना, ५ वटा प्रदेश संघबाट एक एक महिला सहित २५ जना, १५ आवद्ध क्लब तथा एसोसिएटबाट एक एक जनाका दरले १५ जना तथा प्राविधिक, मार्सल तथा एथ्लेटबाट एक एक जना गरी कुल ६० जनाले सहभागिता जनाउने छन् ।

काठमाडौं, चरिकोट, हेटौंडा, काठमाडौं, नुवाकोट, काभ्रे, काठमाडौं र श्ययm बाट समेत गरी ८ वटा साधारणसभा सम्पन्न गरिसकेको नासा नेपालको जीवनमा यो नवौं साधारणसभा तथा पाचौं कार्यकालका लागि निर्वाचन समेत हुन गईरहेको हो । यस साधारणसभाबाट १४ पदाधिकारी तथा सदस्यहरु निर्वाचन प्रक्रियाबाट चयन हुनेछन् भने बाँकी ११ जना पदाधिकारी तथा सदस्यहरु कार्यसमिति तथा राखेपबाट  मनोनयन गरिनेछ ।

परिवर्तित परिस्थितिमा संघलाई पुर्नव्यवस्थित गर्नका लागि नासा नेपाल लामो समयदेखि सकृय रहेको थियो । जस अनुसार नीतिगत, कार्यक्रमीक तथा सांगठनीक सुधार तथा प्रयोग समेत शुरु गरेको छ । संघको कोर भ्यालु (आधारभुत सिद्धान्त) देहाय अनुसार रहेको छ ।

  • स्पोर्टस भ्यालु
  • नेशनल भ्यालु
  • सोसियल भ्यालु

विभिन्न प्रदेश संघहरुको गठन :

देशभर रहेका ७ वटै प्रदेश संघ गठन गर्ने कार्यले तीव्रता पाएको छ । यस अनुसार बागमती, कर्णाली, सुदूर पश्चिम र मधेश प्रदेश संघ गठन भइसकेको छ । बागमती प्रदेशमा राजन पिया, कर्णाली प्रदेशमा गणेश बहादुर शाही, सुदूर पश्चिम प्रदेशमा पुष्कर ओझा र मधेश प्रदेशमा दिनेश कुमार यादवको अध्यक्षतामा प्रदेश संघ गठन भएको छ । बाँकी प्रदेशहरुमा पनि आवश्यकता र सामथ्र्यताका आधारमा क्रमशः गठन हुनेछ ।

कर्णाली प्रदेश संघः २०८० जेठ ३० गते, सुर्खेतमा गठन भएको संघमा गणेशबहादुर शाही (अध्यक्ष), गणेश कुमार बस्नेत (उपाध्यक्ष), त्रिलोकचन्द्र विष्ट (उपाध्यक्ष), विवस कुमार सेजुवाल (उपाध्यक्ष), नम्रता तसजु श्रेष्ठ (सचिव), सञ्जिव हमाल (कोषाध्यक्ष) तथा सदस्यहरुमा प्रभात पोखरेल, प्रेम बहादुर बम, सिया कार्की प्रधान, हंसकुमारी मल्ल र हिम्मतजंग शाही रहेका छन् ।

कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र संज्याल, FIA वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई एवं नासा नेपालका सदस्य विनोद तण्डुकार समेतको उपस्थितिमा सम्पन्न भेलाले नासा नेपालको केन्द्रीय साधारणसभा तथा निर्वाचनको लागि गणेशबहादुर शाही, विवसकुमार सेजुवाल, नम्रता तुसजु श्रेष्ठ, सञ्जिव हमाल एवं कमला आचार्यलाई चयन गरेको छ ।

सुदूरपश्चिम प्रदेश संघः २०८० जेठ ३२ गते, धनगढीमा गठन भएको संघमा पुष्कर ओझा (अध्यक्ष), अभियान खड्का (उपाध्यक्ष), युवराज भट्ट (उपाध्यक्ष), हेमन्त देउवा (सचिव), खगेश्वरी जोशी (कोषाध्यक्ष) तथा सदस्यहरुमा सुमन सैंजु, दिपेन्द्र राना, सुमित गहतराज, रोहित ओझा, मिन पाण्डे, दिपेश बम र उमेश धामी रहेका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्यसचिव दिपक सिंह, FIA वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपालका महासचिव सुशील तण्डुकार एवं नासा नेपालका सदस्य विनोद तण्डुकार समेतको उपस्थितिमा सम्पन्न भेलाले नासा नेपालको केन्द्रीय साधारणसभा तथा निर्वाचनको लागि अभियान खड्का, युवराज भट्ट, दिपेश बम, हेमन्त देउवा तथा खगेश्वरी जोशीलाई चयन गरेको छ ।

बागमती प्रदेश संघः २०८० असार १ गते, हेटौंडामा गठन भएको संघमा राजनकुमार पिया (अध्यक्ष), रामकुमार शाही (उपाध्यक्ष), सिता केसी (उपाध्यक्ष), यज्ञप्रसाद पौडेल (सचिव), दिपेश योगल (कोषाध्यक्ष) तथा सदस्यहरुमा कुन्दन श्रेष्ठ, दुर्गालक्ष्मी रञ्जित, अमीत कोइराला, अनिश खड्गी, सुनिता रेग्मी र रामकृष्ण भट्टराई रहेका छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव सुर्यलाल भण्डारी, FIA वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई एवं नासा नेपालका सदस्यद्वय निरज खड्का तथा विनोद तण्डुकार समेतको उपस्थितिमा सम्पन्न भेलाले नासा नेपालको केन्द्रीय साधारणसभा तथा निर्वाचनको लागि राजनकुमार पिया, सिता केसी, दिपेश योगल, यज्ञप्रसाद पौडेल र गोविन्द भट्टराईलाई चयन गरेको छ ।

मधेश प्रदेश संघः २०८० असार १४ गते जनकपुरमा गठन भएको संघमा दिनेशकुमार यादव (अध्यक्ष), अभिशेक गोयन्का (उपाध्यक्ष), डा. निमकुमारी (उपाध्यक्ष), अमनकुमार चौधरी (सचिव), कृष्ण दिक्षित (कोषाध्यक्ष) तथा सदस्यहरुमा प्रयास चौधरी, भिमसेन थापा, उमेश यादव, सरोज यादव र अभिलाषा पन्त रहेका छन् ।

मधेश प्रदेश शिक्षा तथा सामाजिक विकास मन्त्रालयका अधिकृत लक्ष्मण राम एवं FIA वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई समेतको उपस्थितिमा सम्पन्न भेलाले नासा नेपालको केन्द्रीय साधारणसभा तथा निर्वाचनको लागि दिनेशकुमार यादव, डा. द्वारिका उप्रेती, अमनकुमार चौधरी, प्रभुनारायण चौधरी एवं अभिलाषा पन्तलाई चयन गरेको छ ।

लुम्बिनी प्रदेश संघः २०८० असार २१ गते बुटवलमा गठन भएको संघमा मस्कुर अहमद (अध्यक्ष), डा कृष्ण खरेल (उपाध्यक्ष), दिनेश शर्मा (उपाध्यक्ष), सुमन बस्याल (उपाध्यक्ष), राहुल कसौधन (सचिव), ई कुशुम ज्ञवाली (सचिव), वसिम अक्रिम खान (कोषाध्यक्ष) तथा सदस्यहरुमा दिनेश श्रेष्ठ, सन्दिप कशौधन, डा अन्जनी बर्णवाल, बिनय कशौधन, महेश शर्मा, नरेश ज्ञवाली, रोशन जिसी र मिरा श्रेष्ठ रहेका छन् ।

FIA वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईको अध्यक्षता तथा लुम्विनी खेलकुद बिकास समितीका सदस्यसचिव जयप्रकाश भटराईको प्रमुख आतिथ्यता र नासा नेपालका सदस्य अनीलकुमार बरालको उपस्थितिमा सम्पन्न भेलाले नासा नेपालको केन्द्रीय साधारणसभा तथा निर्वाचनको लागि मस्कुर अहमद, दिनेश शर्मा, राहुल कसौधन, बसिम अक्रम खान र प्रविना घिमिरेलाई चयन गरेको छ ।

कोशी प्रदेश संघः २०८० असार ३० गते ईटहरीमा गठन भएको संघमा प्रकाश कपुरी (अध्यक्ष), रमन भट्टराई (उपाध्यक्ष), डा. रामबाबु गिरि (उपाध्यक्ष), सुमन भट्टराई (उपाध्यक्ष), सन्तोष कुमार थापा (सचिव), महेन्द्र कुमार रेग्मी (सचिव), महेश पौडेल (कोषाध्यक्ष) तथा सदस्यहरुमा विकल पौडेल, आदित्य पराजुली, पुण्य पौडेल, सिद्धार्थ कावरा, श्रद्धा विष्ट, एलिना मगर, प्रवेश बस्नेत, ताराहाङ लिम्बु, रितेश गुप्ता र पुष्प निरौला रहेका छन् ।

नासा नेपालका सदस्य निरज खड्काको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यता र नाडा नेपालका उपाध्यक्ष सुवास आचार्यको उपस्थितिमा सम्पन्न भेलाले नासा नेपालको केन्द्रीय साधारणसभा तथा निर्वाचनको लागि प्रकाश कपुरी, रमन भट्टराइ, सन्तोषकुमार थापा, एलिना मगर र सुवास आचार्यलाई चयन गरेको छ ।

विभिन्न क्लबहरुको आवद्धताः

मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टीसँग सम्बन्धित विभिन्न क्लब तथा एसोसिएटलाई समेत आवद्धता गर्ने नीति अन्र्तगत विभिन्न स्थानीय तहमा स्थानीय जनताको प्रत्यक्ष संलग्नतामा आयोजना गरिने विषयगत तथा ग्रासरुट गतिविधिहरु स्थानीय क्लब तथा एसोसिएटबाट गरिनेछ । हालसम्म नेपालमा सो क्षेत्रमा नेपालमा थुप्रै क्लब आवद्ध भएतापनि हालका लागि तल उल्लेखित क्लबहरुलाई आवद्धता दिएको छ । जहाँबाट नासा नेपालको साधारणसभा तथा निर्वाचन प्रक्रियामा समेत एकएक जना प्रतिनिधित्व गराउने सक्ने व्यवस्था गरिएको छ ।

  1. नासा फाउन्डेसन–नेपाल
  2. युथ फर रोडसेफ्टी नेपाल
  3. मोटर स्पोर्ट्स नेपाल क्लब
  4. एक्सपल्स राइडिङ क्लब
  5. सेफ जर्नी क्याम्पेन नेपाल
  6. फ्रन्टियर मोटर स्पोर्ट्स
  7. विमा नेपाल
  8. सेफ स्कुल क्याम्पेन नेपाल
  9. डर्ट टेम्पल
  10. नेपाल अटो इन्फो
  11. भीआर ४६ क्लब
  12. आईएई नेपाल
  13. हेल्पिङ युथ
  14. जेनेसिस एड्भेन्चर
  15. सेफ एन्ड सस्टेनेबल ट्राभल नेपाल ।

नासा नेपालले नियमीत तोकिएको शुल्क तथा कम्तिमा वार्षिक रुपमा तीनवटा कार्यक्रम आयोजना गर्ने, नासा नेपालको विधानलाई आत्मसात् गर्ने क्लब तथा संस्थाहरुलाई आवद्धता खुला गरिएको छ ।

तीन टायर सिस्टमको व्यवस्थाः

नासा नेपाल आवद्ध रहेको अन्र्तराष्ट्रिय महासंघ FIA को विद्दमान संरचनात्मक व्यवस्था (सिनेट, वल्र्ड काउन्सिल, लिडरसिप प्यानल तथा म्यानेजमेन्ट टिम) लाई आत्मसात गर्दै संघले आफ्नो नियमित कामलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउने उद्देश्यले पहिलोपटक विधानमै तीन टायर (सल्लाहकार समिति, कार्यसमिति तथा सचिवालय) को व्यवस्थापकीय पद्धति निर्माण गरिएको छ ।

  • सल्लाहकार समितिः नीति तथा कार्यक्रममा दिशानिर्देश गर्ने ।
  • कार्यसमितिः साधारणसभाको निर्णय कार्यान्वयन र समग्र संगठन परिचालन गर्ने ।
  • सचिवालयः कार्यसमितिको निर्णय कार्यान्वयन र व्यवस्थापकिय कार्य गर्ने ।

त्यसैगरी विषयगत समितिको व्यवस्था र तिनको स्वतन्त्र क्रियाशीलता तथा व्यक्तिगत जिम्मेवारी – सामुहिक  नेतृत्वको व्यवस्था परिकल्पना गरिएको छ । जसले समाजका प्रभावकारी व्यक्तित्वको उपस्थिति, कार्यकारीको भूमिका र गरिमा तथा चुस्त व्यवस्थापनमा मद्दत पुग्नेछ ।

नीतिगत तहमा एक तिहाई महिला रहेको विश्वकै पहिलो अटोमोबाइल फेडेरेसनः

कार्यान्वयमा केही कठिनाई देखिएपनि यो विश्वमै पहिलो प्रयोग हो । सम्भवतः FIA का सयौँ फेडेरेसन र अटोमोबाइलका अन्य व्यवसायिक संघ संस्थामा समेत लागू नभइसकेको नीतिगत तहमा एकतिहाई महिलाको बैधानिक व्यवस्था यसपटक कार्यान्वयन  गर्दैछ नासा नेपालले । यो नेपाली खेलकुदको लागि पनि नौलो प्रयोग हो जसले संघको मोबिलिटी र टुरिजम क्षेत्रमा र सदस्यता वितरणमा सकारात्मक प्रभाव पर्नेछ भने स्पोर्टमा अलिक थप मेहनत गर्नुपर्नेछ ।

एक तिहाई महिला OFFICIAL को वैधानिक व्यवस्था भएको सम्भवतः विश्वकै अटोमोबाइल र नेपालको खेल क्षेत्रको पहिलो संघ होला नासा नेपाल । नेपालको संवैधानिक व्यवस्था मात्रै होइन नेपालको जनसंख्या को ठूलो हिस्सा नै महिलाको हो नि ! नासा नेपाल र महिलाको बीचमा एउटा ईतिहासिक संयोग पनि रहेको छ, त्यो के भने सन् २००९ मा नेपालकै पहिलो कम्पिटिसन महिला मोटरसाइकल च्याम्पियनशिप ¥याली बाट शुरू भएको हो । त्यस्तै नासा नेपालले देश बाहिरबाट ल्याएको चार शिल्डमध्ये दुईवटा त महिला मात्रैको नाममा छ ।

महिला कमिशन देखि विमा नेपाल सम्म, Women in motorycling देखि college to track हुँदै फर्मुला वान इन स्कूल्स नेपाल सम्मका धेरै इभेन्टहरु महिला सहभागीतामा आधारित रहेका छन् । नेपालकै नमुना, लोकप्रिय पेशागत संगठन बनाउने संकल्प लिंदा एक तिहाई महिला शोभा बढाउन मात्र होइन इन्जिन नै बनोस भन्ने हो । कतिपय सहज खेल संघ र संगठनमा समेत महिला सहभागिता दुर्लभ मानिने समाजमा मोटर स्पोर्टस जस्तो साहसिक क्षेत्रमा एक तिहाई महिला अफिसियल साँच्चै अनुपम उदाहरण हुनसक्छ । यो नासा नेपालको शक्ति र सान्दर्भिकता दुवै हो, जसले संस्थालाई थप व्यवस्थित, सौहार्दपूर्ण र सिस्टमेंटिक बन्न प्रेरित गर्नेछ ।

मुलतः नासा नेपालले यी क्षेत्रलाई विधानमा र व्यवहारत आत्मसात गरेको छः

  1. मोटर, मोटरसाइक्लिङ र कार्ट्स स्पोर्ट्स
  2. पावर बोटिङ, जेट स्की र स्टीमर
  3. रेसिङ, ¥याली र टुरिङ र लेजर
  4. स्पोर्ट्स, मोबिलिटी, टुरिङ र रोड सेफ्टी
  5. क्लिन, ग्रिन एण्ड ईस्पोर्ट्स र इथिक्स
  6. अनलाईन प्लेटफर्मका मिटिङ तथा गेमलाई मान्यता
  7. सस्टेनेबल मोबिलिटी र सस्टेनेबल टुरिजम
  8. युवा तथा महिला सशक्तिकरण
  9. प्राविधिक र एथ्लेट लगायतका कमिसनहरु
  10. वरिष्ठ उपाध्यक्षको व्यवस्था
  11. प्रदेश अध्यक्षहरुलाई उपाध्यक्षको वरियता
  12. प्रदेश संघ तथा एसोसिएट र क्लबमा जोड
  13. तीन टायर सिस्टम र सचिवालयको निर्माण

 नयाँ क्षेत्रः जमिन देखि पानी सम्म 

स्थापनाको १५ वर्षमा नासा नेपालको अर्को फड्को भनेको पावर बोटिङ, जेट स्की र स्टीमर जस्ता क्षेत्रमा कार्यक्षेत्र विस्तार गर्नु हो, जुन पानीमा खेलिन्छ । हुन त विश्वमा स्वचालित इन्जिनबाट सञ्चालन हुने कुनै पनि खेललाई मोटर स्पोर्ट्स भनिन्छ चाहे पानीमा, जमिनमा अथवा आकाशमा नै किन नखेलियोस् । नेपालमा भने आकाशमा वा पानीमा हुने मोटर स्पोर्ट्स खासै शुरु नभइसकेकोले हामीलाई त्यति जानकारी नभएको हो । अब कोशी, बागमती, नारायणी, कर्णाली जस्ता नदी र नेपालका कैयन तालहरुमा वाटर स्पोर्ट्स र पावर बोटिङका इभेन्टहरु टुरिङ र फनको रुपमा शुरु भएका छन् । तिनलाई अब नासा नेपालले स्पोर्ट्सको हिसाबले पनि अगाडि बढाउने बैधानिक व्यवस्था गरिएको छ ।

पावर बोटिङ, जेट स्की, स्टिमर लगायतका विश्वकै खेलहरुका महासंघ ‘युनियन इन्टरनेसनल मोटरबोट’ (Union international motorboat-monaco) हो, जुन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीद्वारा Recognized बडी समेत हो, नासा नेपाल यसमा समेत आवद्धताको प्रक्रियामा समेत रहेको छ । जलश्रोतको अत्यन्तै धनी मानिएको तर देशबाट खासै उपलब्धी हासिल नभैसकेको वर्तमान अवस्थालाई चिर्न समेत पानीजन्य खेल र पर्यटनले मदत पुरयाउने छ ।

दिगो आर्थिक योजना :

खासगरी संघले दिगो आर्थिक पक्ष र सन्तुलनलाई ध्यान दिदै सीमित र महत्वपूर्ण कार्यलाई मात्रै केन्द्रीय निकायबाट सम्पन्न गर्ने भएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय आवद्धता र शुल्क, सरकारी गैरसरकारी परियोजनाहरु, प्रदेश संघ, एसोसिएट र क्लबहरुको शुल्क, इभेन्ट रजिस्ट्रेसन शुल्क, लाइसेन्सिङ र साझेदार तथा कर्पोरेट पार्टनरसिप वापत आउने शुल्क, खास खास कार्य र सदस्यता तथा संघ एवं क्लबहरु परिचालनको कार्य हुनेछ । त्यसैगरी अधिकांश कार्य तथा इभेन्ट प्रदेश संघ, एसोसिएट तथा क्लबहरुलाई दिइएको छ । आर्थिक तथा कर्पोरेट सम्बन्धी छुट्टै टिम बनाउने, रणनीतिक साझेदारहरुको खोजी गर्ने, परियोजनामा मातहत संघ तथा अन्यसँग पार्टनरसिप गर्ने, पदाधिकारी तथा सदस्यहरुले नियमित लेवी बुझाउने जस्ता कार्यमा ध्यान दिनु पर्ने देखिन्छ । त्यसैगरी हिमालयन मोटरल्यान्ड, आईएई सेवा केन्द्र तथा इभेन्टहरुलाई चुस्त, दुरुस्त र व्यावसायिक बनाउनु पदाधिकारीको अर्को मुख्य दायित्व हो । त्यसैगरी अन्य नियमित आम्दानीको स्रोत खोजी गर्ने मर्चन्डाइज सपको विकास तथा दक्ष र योग्य जनशक्ति परिचालन विर्सन नहुने कुरा हुन् ।

नासा नेपालको मुख्य आम्दानीको स्रोतमा एफआईए, एफआईएम, ग्लोबल एलायन्स, पर्यटन बोर्ड, राखेप, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सदस्यता शुल्क, क्लब शुल्क, राईडर–डाईभर्स–मार्सल लाईसेन्स फि र स्पोन्सरसिप लगायत छन् । सोही आधारमा संगठन तथा जनशक्ति परिचालन गरी आगामी दिनमा संघलाई थप मजबुत बनाउन सकिने आधार प्रस्तुत गर्न सकिन्छ ।

गत पाँच आर्थिक वर्षको आम्दानी तथा खर्च :

(अन्र्तराष्ट्रिय महासंघ, आवद्ध संघसंस्था तथा क्लबहरुद्धारा आयोजित ईभेन्ट तथा गतिविधिहरुको आयव्यय समावेश नभएको ।)
नासा नेपालको प्रदेश संघ तथा क्लबहरुलाई सक्रिय र आत्मनिर्भर बनाउँदै कार्यक्रम सञ्चालन गर्दै जाने भन्ने अभियानलाई समेत मध्येनजर गर्दा आगमी आर्थिक वर्षमा नेपालभर सञ्चालन हुने कार्यक्रमहरुको बजेट लगभग ३ करोड २७ लाख रुपैयाँ हुने  हुने अनुमान गर्न सकिन्छ ।

सदस्यतामा आधारित संघ :

सदस्यता विनाको पेशागत वा कुनै पनि संगठनको भविष्य राम्रो मान्न सकिन्न वर्तमान त यसै भयो । यसर्थ करोडौ नेपाली जनता, लाखौ सवारी साधन, हजारौं खेलाडी, प्राविधिक र समर्थक भएको विश्वमै स्थापित संगठनले सदस्यतामा आधारित संघको परिकल्पना गर्नुपर्दछ ।

तदर्थ, मानार्थ, एसोसिएट, आजीवन, कर्पोरेट तथा साधारण सदस्यताको लागि छुट्टै टिम र कार्ययोजना अनिवार्य छ । त्यसैगरी सदस्यता शुल्क समेत केन्द्रमा ६० प्रतिशत र संघ तथा क्लबहरुमा ४० प्रतिशत गरी समान वितरण गर्नु मनासिव देखिन्छ । त्यस्तै मातहतका सबै संगठन समेत सदस्यतामा आधारित भएनन् भने न त दिगो न त सक्रिय हुन्छन् । तसर्थ कम्तीमा एक तिहाई सांगठनिक शक्ति त्यता लाग्नै पर्ने देखिन्छ ।

सदस्यता वितरणसँगै तिनको सेवा, सुविधा र व्यवस्थापनमा ध्यान दिनु अर्को मुख्य कार्य हो । परियोजना र स्पोन्सरसिपमा मात्र आधारित संगठनको आयु र लोकप्रियता कति रहला ?

साधारण, आजीवन, कर्पोरेट, एसोसिएट तथा मानार्थ गरी पाँच किसिमको सदस्यता प्रदान गरिने छ भने प्रदेश संघ, क्लब तथा एसोसिएटले समेत सदस्यता शुल्क नियमित बुझाउनु पर्नेछ । त्यसैगरी अन्तर्राष्ट्रिय आवद्धता र सहभागितालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन कार्यसमितिले एउटा छुट्टै टिम बनाउने र सोही टिमले सम्पूर्ण कार्य गर्ने परिकल्पना गरिएको छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय आवद्धता

खेलकुद विकास ऐन अनुसार राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको नासा नेपाल, नेपालकै सर्वाधिक सक्रिय अटोमोबाइल्स संघ हो । नेपालमा यसले स्पोर्ट्स मार्फत आफ्ना गतिविधि अगाडि बढाए पनि अटोमोबाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मात्र नभई सेफर मोबिलिटीको क्षेत्रकै अग्रणी संघ बन्न पुगेको छ ।

nature, culture, adventure मुल थिम रहेको नेपालकै साहसिक तथा पर्यटकीय खेल महासंघ : mountain sports federation नेपालको संस्थापक महासचिव र हालको अध्यक्ष समेत हो । त्यसैगरी विश्वकै अग्रणी संगठन federation international del automobile (FIA), Federation international de motocyclism (FIM), commission international de carting (CIK), एफआईए फाउन्डेसन तथा ग्लोबल एलायन्स अफ एजिओज फर रोड सेफ्टीको सदस्य समेत हो । त्यसैगरी इन्टरनेसनल रोड असिस्टेन्स प्रोग्राम (IRAP), नेपाल फ्रान्स चेम्बर अफ कमर्सको समेत सदस्य हो । संघको नयाँ विधान अनुसार Power boating तथा jet ski र e sports मा समेत प्रवेश गरेको नासा नेपाल नेपालकै सर्वाधिक अन्र्तराष्ट्रिय सम्वन्ध भएको र शुल्क बुझाउने संस्थाको रुपमा समेत पहिचान बनाउन सफल भएको छ ।
यसका साथै नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेवल मोविलिटीको संस्थापक अध्यक्ष रहेको यस संघ अन्य थुप्रै पेशागत, सामाजिक, व्यावसायिक तथा कल्याणकारी संगठनमा समेत जोडिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राखेप तथा विभिन्न सरकारी निकायसँग खेलकुद, अटोमोबाइल, रोड सेफ्टी, पर्यटन लगायतका क्षेत्रमा सहकार्य समेत गर्दै आइरहेको छ । साथै स्थापनाको डेड दशकमै एफआईए रिजन २ को कोसाध्यक्ष तथा वर्लड काउनसिलको सदस्यको रुपमा सँस्थापक माहासचिव गोविन्द भटराई तथा belt and road international transport alliance BRITA को सह माहासचिवको रुपमा पुर्व माहासचिव आसिस गजुरेलको उपस्थितीलाई यहाँ संझनै पर्छ ।

गौरवपूर्ण पन्ध्र वर्ष

–    FIA President को तीन पटकको नेपाल भ्रमण र उच्चस्तरीय भेटघाट
–    ओस्कार विजेता UNDP goodwill Ambassador Michelle Yeah को तिनपटकको नेपाल भ्रमण
–    ब्रिटा, इन्टरनेसनल टुरिजम, FIA sports र मोबिलिटी सम्बन्धी रीजनल कन्फ्रेन्सहरु
–    पहिलो ओलम्पिक ईस्पोर्टस सिरिजमा सहभागी हुने पहिलो नेपाली खेलसंघको गौरव
–    FIA world council मा प्रतिनिधित्व र एसिया प्यासिफिकमा नेतृत्वतहको हैसियत
–    FIA solidarity award बाट सम्मानित
–    रोड सेफ्टी फिल्म फेस्टिवल तथा हाइलेबल कन्फ्रेन्सहरु
–    संसदीय निकायहरु, सरकारी निकाय र अन्तराष्ट्रिय फोरममा उपस्थिति
–    युएन महासभा, मिनिष्ट्रियल मीटिंग र युएन हाई केवल कन्फ्रेन्समा प्रतिनिधित्व
–    चारवटा विदेशी पोडियममा नेपाली झण्डा
–   FIA motor games लगायत दर्जनौंमा सहभागिता
–    हेटौडा र सुर्खेतमा पर्मानेन्ट ट्रयाक निर्माण कार्यको शुरुवात
–    माउन्टेन स्पोर्टस फेडेरेसनको संस्थापक र साहसिक खेलको अभियन्ता
–    नेसनल एलायन्स फर सेफ एण्ड संस्टेनेबल मोबिलिटी को संस्थापक
–    रोड सेफ्टीका विविध नेशनल र मीडिया अवार्डहरु
–    FIA award 2015, मेक्सीको सिटी
–    धुलिखेल नपाद्वारा सम्मानित
–    Belt and Road International Transport Alliance (BRITA) मा सहमहासचिव
–   FIA Marshal Award (सिताराम न्यौपाने)
–    TU, KU, Mid Western UNI र थुप्रै क्याम्पस र शैक्षिक संस्थासँग सहकार्य
–    Drivers/Riders & Marshal Award
–    Star Rating Schools /Motorcycling Safety Camping  नेतृत्व
–    Safe Mobility को लागि मीडिया एण्ड पोलिटिकल इन्गेजमेन्ट
–    रोड सेफ्टि काउन्सिल र आईडीपीको लागि राष्ट्रिय नेतृत्व

समस्या र चुनौती :

नेपाल जस्तो कम विकसित देशमा मोटर स्पोर्ट जस्तो महंगो र प्राविधिक खेलको सुरुवात नै कम चुनौतीपुर्ण होइन । त्यस्तै अटोमोबाइलको कुनै कारखाना र प्रमोसनको पुरानै ढर्राको देशमा मोटर स्पोर्टस होस् या मोविलिटी गतिविधि साँच्चै सकसपूर्ण कार्य हो, जुन नासा नेपालले भोगिरहेछ । त्यसका साथै संघका आफ्नै कमीकमजोरी पनि टन्नै छन् । आन्तरिक र बाह्य दुवै अवस्थालाई हेर्दा तिनलाई यसरी सूत्रबद्ध गर्न सकिन्छ :

सदस्यता शुल्क न्यून, क्लब र एसोसिएटहरु निष्क्रिय जस्तै, पदाधिकारीहरुको सक्रियताको कमी, प्राविधिक पक्ष कमजोर, व्यवसायिक इभेन्टको न्यूनता, व्यवस्थित आर्थिक योजना र परिचालन कमजोर, न्यून राष्ट्रिय साझेदार र तिनमा परम्परागत कार्यशैली, कार्यक्रम र नेतृत्वको मूल्यांकनको अभाव जस्ता विषयलाई नर्कान सकिंदैन ।

साथै सरकारी सहयोग आवश्यक मात्रामा नहुनु, प्रायः इभेन्टहरु घाटामा जानु, स्पोर्ट भन्दा मोबिलिटीमा ज्यादा जनशक्ति परिचालित हुनु, क्लब र प्रदेश सक्रिय नहुनु तथा हिमालयन मोटरल्याण्ड र आईएई जस्तो लगानी रहेको क्षेत्रबाट योजना र एग्रिमेन्ट अनुसारको उपलब्धि नहुनु र महंगो अन्तर्राष्ट्रिय शुल्कहरु जस्ता विषय पनि एक किसिमको चुनौती हुन्, जसको सामना गर्न अझ संगठित, व्यवस्थित र सक्रिय हुन जरुरी छ । पदाधिकारी तथा समितिहरुको नियमित लेवी, तोकिएको कार्यक्रम समयमै सम्पन्न गर्नु, समिति उपसमितिहरु सक्रिय बनाउनु तथा अत्याधिक ठूलो कार्यक्षेत्रलाई दक्ष नेतृत्व प्रदान गर्नु पनि संघको प्राथमिकता हुनु जरुरी देखिन्छ । जसले हाल संघले व्यहोरिरहेको चुनौतिलाई सामना गर्ने सामथ्र्य राख्दछ । साथै बढ्दो दुर्घटना, वातावरणीय मुद्दा र बिमा जस्ता विषय पनि नेपाली मोटर स्पोर्टस र मोबिलिटी क्षेत्रका लागि सधैँका चुनौती हुन् । ठूलो र निरन्तरको लगानी, रिस्क म्यानेजमेन्ट तथा निरन्तर सक्रियता र विश्वव्यापी पहुँचले मात्रै ती समस्यालाई समाधान गर्न सकिनेछ ।

प्रस्तावित कार्ययोजना :

पछिल्लो साधारण सभाद्वारा नै २० वर्षे रणनीति तयार गरेको नासा नेपाल सो रणनीतिको प्रारम्भिक परीक्षणको चरणमा आइपुगेको छ, जसमा केही सफलता मिलेको छ भने केही भर्खरै शुरु हुन गएको छ भने कुनैमा प्रवेश समेत भएको छैन । सो अवस्थालाई मध्यनजर गरी आगामी वार्षिक र आवधिक (चार वर्ष) कार्य योजना प्रस्ताव गरिएको छ ः
–    वार्षिक एक दर्जन मोटर, मोटरसाइकल र कार्ट्स तथा अन्य प्रतियोगिता
–    राइडर, ड्राइभर, प्राविधिक तथा अफिसियलको तालिम तथा स्तरोन्नति एवं राष्ट्रिय अन्तर्राष्ट्रिय एक्सपोज
–    हेटौंडा, सुर्खेत तथा अन्य एक स्थानमा स्थायी रेसिङ ट्रयाकको कार्य सुरुवात
–    ई–स्पोर्ट्सको योजनाबद्ध विकास तथा व्यवस्थापन
–    व्यवस्थित, चुस्त र व्यावसायिक रुपमा सचिवालय सञ्चालन र जनशक्ति विकासमा जोड
–    पदाधिकारी, सदस्य तथा संघ र क्लबहरुको नियमित लेवी तथा कार्य प्रगति रिपोर्ट
–    साझेदारको खोजी, मर्चेन्डाइज सपको सुरुवात
–    प्रदेश संघ, एसोसिएट तथा क्लबहरुको स्तरोन्नति तथा सांगठनिक सुधार
–    मोबिलिटी र सडक सुरक्षामा फाउन्डेसनमार्फत नेतृत्व, राष्ट्रिय अन्तर्राष्ट्रिय पहुँच वृद्धि
–    खेलाडी, प्राविधिकको व्यवस्थित लाइसेन्सिङ तथा अडिटिङ कार्य
–    मिडिया, ब्रान्डिङ तथा सोसियल मिडिया मोबिलाइजेसन

–      Fly to Nepalm Drive in Nepal
–      FIM Asia Two Wheel Touring Sea to the Himalayas

–    स्टार रेटिङ स्कुल, public transportation, motorcycling, safety तथा road safety audit र sustainable mobility सम्बन्धी अभियान
–    युथ मोबिलाइजेसन तथा women empowerment
–    members privilege तथा परिचालन
–   fly to nepal, drive in nepal अभियान
–   FIM asia touring

परियोजना :

स्थापना काल देखि नै नासा नेपालले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय अभियान र परियोजनामा समेत संलग्नता र नेतृत्व गर्दै आइरहेको छ । ग्रिन एन्ड सस्टेनेबल मोबिलिटी इनिसिएटिभ, वुमन इन स्पोर्ट्स एन्ड एड्भेन्चर, एफवान इन स्कुल्स नेपाल, वुमन इन मोटरसाइक्लिङ, सेफ्टी राइडिङ इनिसिएटिभ, स्टार रेटिङ स्कुल, कलेज टु कार्ट्स जस्ता स्पोर्ट्स र मोबिलिटीका क्षेत्र रहेका थिए । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, राखेप, एफआईए, एफआईएम, ग्लोबल एलायन्स र बिल्ट एन्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट एलायन्स र एनटीबी लगायतका परियोजनामा विगतमा मात्र होइन, आगामी दिनमा समेत ती लगायत अन्य परियोजनाहरुको खोजी गर्नु जरुरी छ र त्यसको लागि छुट्टै उच्च तहको टिम बनाउनु जरुरी छ ।

हिजोको दिनमा अधिकांश परियोजनामा नासा नेपालले व्यवस्थापकिय कार्य गरेकोमा आगामी दिनमा आवद्ध एसोसिएट, प्रदेश संघ, क्लब र विषयगत समिति (टिम) ले सम्पूर्ण परिचालनको कार्य गरी सचिवालयले समन्वय मात्र गर्दा सकारात्मक नतिजा आउने छ । किनकी परियोजना सम्बन्धी कार्यका लागि केन्द्रीय संघले न्यूनतम बजेट उपलब्ध गराई बाँकी आवश्यक बजेट व्यवस्था र जनशक्ति परिचालन स्थानीय रुपमै गर्दा पारदर्शी र व्यवस्थित पनि हुने देखिन्छ ।
विषयगत समिति र जिम्बेवारी :
संघले आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिका लागि रणनितिक योजना तयार गर्ने, जनशक्ति परिचालन गर्ने तथा संस्थागत जिम्मेवारी र बिषयविज्ञता मा जोड दिने नीति लिएको छ ।  सोही नीति बमोजिम कार्यक्षेत्र र जिम्मेवारी दिने नीति अनुसार कार्यक्षेत्र निर्धारण गरिएको छ ।

  • अटोमोबाइल एंड मोबिलिटी
  • मोटर स्पोर्टस
  • मोटर साईक्लिङ
  • रोड सेफ्टी तथा सेफर मोविलिटी
  • पावर बोटिङ तथा वाटर स्पोर्टस
  • हिमालयन मोटरल्याण्ड
  • कार्टस तथा गासरुट
  • ई स्पोर्टस तथा सिम रेसिड
  • इन्नोभेसन एण्ड आईएई
  • पोलिसी, प्लानिङ एण्ड फरेन अफेयर्स,
  • फाइनान्स एंड कर्पोरेट
  • सेफटी एण्ड मेडिकल
  • जुडिसरी एण्ड इथिकल
  • टुरिङ एण्ड इनभारोमेंट
  • स्पोर्ट क्लब मोबिलाइजेसन्
  •  वुमन इन मोटरिङ कमिशन
  •  एथ्लेट कमिशन
  •  मार्शल एण्ड भोलेन्टियर्स कमिशन
  •  ट्रेनिङ एण्ड  सर्किट
  •  मिडिया ब्रान्डिङ् एण्ड मर्चन्टाइज
  • इन्टरनल अडिटीङ
  • सचिवालय

यी विषयहरू मा कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य हरुलाई संयोजन को जिम्मेवारी सहित सम्पूर्ण अधिकार दिईने छ ।

कस्तो नेतृत्व र संगठन ?
पावर बोटिङ्गदेखि फर्मुला वानसम्म, कारदेखि काट्ससम्म आबद्ध, तराईदेखि हिमालसम्मको गतिविधिमा अग्रणी, इ स्पोर्ट्सदेखि वुमन इमपावरिङसम्म, सडक सुरक्षादेखि पर्यटन प्रबद्र्धनसम्मको नेतृत्व गर्ने नासा नेपालको अबको नेतृत्वमा के यत्तिको हुनु पर्दैन र ?

  • सृजनशिल र कम्युनिकेटिभ ।
  • फेयर एण्ड कम्पिटेटिभ ।
  • एथलेट एण्ड मेम्बर बेस्ड ।
  • प्रोफेसनल एण्ड सोसियल ।
  • इण्डिभिजियुल टु इन्टरनेश्नल ।
  • ट्रष्टि विथ ट्रान्सपरेन्सी ।
  • वान डर्थ वुमेन अफिसियल आवर प्राइड ।
  • रेस्पोन्सिबल लिडरसिप ।
  • टिम वर्क एण्ड रिजल्ट ओरियन्टेड ।
  • सिस्टमेटिक एण्ड सस्टेनेबल ।

निष्कर्ष :
आज जापान अटोमोबाइल फेडेरेसन होस् वा ट्रिपल ए अथवा मोटर स्पोर्ट्स युके होस् वा australian motor sport, सबैको जग भनेको विशाल सदस्यता, दीर्घकालीन रणनीतिक योजना र कुशल नेतृत्व नै हो । विश्वकै सर्वाधिक ठुलो मानिएको, आधुनिक समाजको लाइफलाइन ठानिएको, खेलकुदको रोज्जा अनि दिगो पर्यटनमा समेत पक्का बन्दै गएको मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र सेफर मोबिलिटीको राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा नेतृत्व गर्ने अवसर पाउनु कम गौरवको विषय होइन ।

यो नासा नेपालका पदाधिकारी तथा सदस्यहरुको समाज राष्ट्र तथा अटोमोबाइल क्षेत्रप्रतिकै एउटा परीक्षा पनि हो । जसमा पास हुनको लागि अघिल्लो साधारण सभाद्वारा पारित २० वर्षः २० सपनाको सफल कार्यान्वयन, कुशल र सिर्जनशील नेतृत्व तथा व्यवस्थित, स्वस्थ र व्यावसायिक संगठन तथा सचिवालयको जरुरी पर्दछ । त्यसले मात्र खेलाडी, प्राविधिक, अफिसियल तथा सदस्यहरुको सेवा सुविधा, वृत्तिविकास तथा पहुँच वृद्धि गर्दै, नेपालमा र विश्वमै नासा नेपालको सदस्य हुनुमा गर्व हुने वातावरण सिर्जना गर्ने नीति, नेतृत्व र संगठन बनाउन सकिन्छ । यही नै समयको माग र निष्कर्ष हो ।

एक संगठन, दुई संकल्प :

नासा नेपाल संगठन एक भएतापनि मुलतः यसका दुई विशेष क्षेत्र रहेका छन् ।
मोटरसँग सम्बन्धित साहसीक खेलकुदमार्फत दिगो खेल तथा पर्यटन प्रवद्र्धनमा योगदान दिने र
सुरक्षित, दिगो, भरपर्दो, सुलभ तथा सबैको पहुँच सहितको आधुनिक यातायात प्रणाली निर्माणका लागि निरन्तर सक्रिय रहने ।

संसारको कुनै पनि खेलले, अभियानले वा सामुहिक प्रयत्नले अन्ततः खेलाडी, आमनागरीक, सदस्य तथा संलग्न व्यक्तिहरुको बीचमा दिने एउटै कुरा हो, खुसी । के हामी नेपाली मोटर स्पोर्टस प्रेमी र अटोमाबाईल तथा मोटरीङको क्षेत्रमा संलग्नहरुलाई त्यो खुसी दिने संकल्प गर्न सक्छौं ?

हामी त गर्छौं, तपाईं नि !

( नेपाल अटोमोबाईल एशोसिएसनको वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनबाट)

प्रकाशित मिति: August 5, 2023

कमेन्ट गर्नुहोस्

advertisment