हाम्रोबारे

हामी फर्क्यौं!

जुन बेला नेपालमा अनलाइन मिडिया शुरु हुने क्रममा थियो वा भनौं अनलाइन पत्रकारिताको ट्रेन्ड शुरु हुंदै थियो, त्यही बेला हामीले उत्साहको साथ socceragenepal.com शुरु गर्ने जमर्को गर्यौं।

त्यतिबेलाको त्यो अभियान हामीले भोलीको पत्रकारिताको फरासिलो दिशालाई मध्यनजर गरेर गरेका थियौं तर त्यति बेलाको हाम्रो उत्साहले अहिले अनलाइन पत्रकारिताको क्षेत्रमा हलचल गरिरहेको छ!

पक्कै पनि डेढ़ दशक अगाडि अनलाइन पत्रकारितालाई अगाडि बढाउनु एउटा बेग्लै खालको चुनौती थियो, तर टोलीले अनलाइनलाई संस्थागत गर्ने अभियानमा ४ वर्ष खूब मेहनत गर्‍यो।

सकरएजको अग्रेजी संस्करण सहित त्यतिबेला नै हामीले नेपालको घरेलु फूटबल र नेपालले खेल्ने राष्ट्रिय र अन्तरराष्ट्रिय फुटबलको लाइभ अपडेट जस्ता अभ्यास थालेका थियौं, र यो थाहा पाउने हरेक नेपाली खेल प्रेमी हाम्रो लागि उत्साहित भएको छ।

एक तहमा हाम्रो टोली सफल थियो,र हामीले socceragenepal रुचानुहुनेहरू सबैको लागि bi-weekly प्रिन्ट भर्सन पनि सुरु गरेका थियौँ। तर कारणवश फुटबल गतिबिधि बन्द हुँदा हामीले सकरएजको त्यो अभियानलाई निरन्तरता दिन सकेनौं र केही समय हामी रोकिनुपर्यो र रोकिने क्रम डेढ़ दशक पुग्यो ।

तर अब हामी पुनः नयाँ रूपमा खेल पत्रकारिताको यो क्षेत्रमा प्रवेश गरेका छौं नेपाली खेल डट कमको रूपमा।

विगतमा सकरएजनेपालको साथमा फुटबल क्षेत्रको समाचारमा केन्द्रीत थियो भने अब नेपाली खेल डट कमले सबै खेलकुद क्षेत्रलाई समेट्ने छ। हाम्रो अभियान नेपाली खेलकुदको लागि योगदान हुनेछ र यसमा हामी इमान्दारितापूर्वक लाग्नेछौं अझ थप जाँगर लिएर।

धन्यवाद, र यात्रा शुरु गरौं नयाँ सफलताको दिशामा!

advertisment